3 months ago
September 8, 2025
एजेन्सी – जर्मनीले विश्वकप छनोटमा नर्दन आयरल्यान्डलाई ३–१ ले पराजित गरेको छ।
स्लोभाकियासँग २–० को हार खेपेको केही दिनमै आएको यो जित प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीका लागि राहतपूर्ण रह्यो।
बायर्न म्युनिखका सर्ज जिनाब्रीले खेलको सातौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। तर ३४औं मिनेटमा आइजाक प्राइसले गोल गर्दै नर्दन आयरल्यान्डलाई बराबरीमा ल्याए।
दोस्रो हाफमा नागेल्सम्यानले गरेका खेलाडी परिवर्तन निर्णायक बने। ६१ देखि ६६औं मिनेटभित्र नाडियम अमिरी, म्याक्सिमिलियन बाएर र लियोन गोरेत्स्का मैदानमा प्रवेश गरे । त्यसपछि जोनाथन ताह पनि उतारियो ।
अमिरीले ६९ औं मिनेटमा जर्मनीको दोस्रो गोल गरे । ७२औं मिनेटमा फ्लोरियन भिर्ट्जले उत्कृष्ट फ्रि किकमार्फत तेस्रो गोल गर्दै जित निश्चित गरे। जर्मनीले खेलमा ८० प्रतिशत बल नियन्त्रणमा राख्यो।
जर्मनी प्रशिक्षक नागेल्सम्यानले खेलपछि भने, ‘ परिवर्तित खेलाडीले खेल बदलिदिए। नाडियमले राम्रो गरे, म्याक्सीले गति ल्याए, लियोनले सुधार देखाए। ताहले छोटो समयमा राम्रो प्रदर्शन गरे। जेमी ल्यूवेलिङले पनि राम्रो खेले। अझै सुधार गर्न बाँकी छ, तर आजको खेल सकारात्मक रह्यो।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]