3 months ago
September 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको भोलि साँझ हुने मैत्रीपूर्ण खेलको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेको छ।
छलफलपछि खेल हुन नहुने केहि बेरमा जानकारी गराउने एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले भने, ‘एन्फा पदाधिकारीबीच छलफल जारी छ। केहिबेरमा हामी निर्णय गर्नेछौं।’
जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ। भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ। काठमाडौंलगायत देशका विभिन्न सहरमा विरोध प्रदर्शन भएको छ।
यही कारण सुरक्षा चुनौती भएकोले एन्फा छलफलमा जुटेको हो। पहिलो मैत्रीपूर्ण खेल शनिवार भएको थियो। सो खेल गोल रहित बराबरीमा सकिएको थियो। आज दिउँसो प्रि-म्याच कन्फ्रेन्स भएको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]