3 months ago
September 9, 2025
एजेन्सी – इटालीले विश्वकप छनोटमा सोमवार इजरायललाई ५-४ ले हराएको छ।
खेलमा दुई पटक पछि परेको । दुईवटा आत्मघाती गोल खाएको । अन्तिम समयमा बराबरी गोलको सामना गरेपनि इन्ज्युरी समयमा गोल गर्दै इटाली विजयी भयो।
नयाँ प्रशिक्षक जेनारो गट्टुसोको नेतृत्वमा इटालीले यसअघि एस्टोनियामाथि ५-० को सहज जित निकालेको थियो। तर यसपटक इजरायलविरुद्धको खेल निकै संघर्षपूर्ण गर्नुपर्यो ।
खेलको १६औं मिनेटमा लोकेतेलीको आत्मघाती गोलमार्फत इजरायलले अग्रता लियो। तर पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा म्वाइज केनले प्रहार गर्दै बराबरी गोल गरे।
दोस्रो हाफ सुरु भएलगत्तै डोर पेरिट्जले गोल गर्दै इजरायललाई पुनः अघि बढाए। तर २ मिनेटमै केनले फेरि गोल गर्दै खेललाई बराबरी बनाए।
५८औं मिनेटमा पोलितानोको गोलले इटालीलाई पहिलो पटक अग्रता लियो। त्यसपछि ८१औं मिनेटमा परिवर्तन खेलाडी रसपाडोरीले गोल गरेपछि इटाली जिततर्फ अग्रसर बन्यो ।
तर ८७औं मिनेटमा बास्टोनीको आत्मघाती गोलले इजरायललाई फर्कायो । ८९औं मिनेटमा पेरिट्जले दोस्रो गोल गर्दै खेल ४-४ बराबरीमा पुर्याए।
तर इन्ज्युरी समयको पहिलो मिनेटमा इटालीका सान्द्रो तोनालीले टाढाबाट प्रहार गर्दै निर्णायक गोल गरे ।
यो जितपछि इटली ९ अंकसहित समूह ‘आई’ को दोस्रो स्थानमा पुगेको छ।
गोल अन्तरका आधारमा इटाली इजरायलभन्दा अघि छ । एक खेल कम खेलेको अवस्थामा अग्रस्थानमा रहेको नर्वेभन्दा ३ अंकले पछि छ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]