3 months ago
September 9, 2025
एजेन्सी – विश्वकप छनोटमा सोमवार १० खेलाडीमा सीमित कोसोभोसँग स्विडेन २-० ले स्तब्ध भएको छ।
कोसोभोले २६औं मिनेटमा एल्भिस रेक्ष्बेकाजमार्फत अग्रता लियो भने कप्तान वेदात मुरीकीले ४२औं मिनेटमा अर्को गोल गर्दै जित पक्का गरे।
अतिरिक्त समयमा परिवर्तन खेलाडी लिन्डन एमेरलाहु रातो कार्ड खाँदै बाहिरिए पनि त्यसले नतिजामा प्रभाव पारेन।
यो हारपछि स्विडेन समूह ‘बी’ मा तेस्रो स्थानमा छ। अग्रस्थानमा रहेको स्विट्जरल्यान्डभन्दा ५ अंकले पछि छ। स्विस टोलीले स्लोभेनियाविरुद्ध ३-० को सहज जित निकाल्यो। निको एल्भेडी, ब्रील एम्बोलो र नयाँ अनुबन्धित खेलाडी डान एनडोयेले गोल गरे।

अन्य खेलमा डेनमार्कले ग्रीसलाई ३-० ले हरायो। कप्तान पिएर–इमिल होयबर्गले दुई असिस्ट गरे । मिकेल ड्याम्सगार्ड, आन्द्रेयास क्रिस्टेन्सेन र रस्मुस होयलुन्डले गोल गरे। यो जितपछि डेनमार्क समूह ‘सी’ को शीर्ष स्थानमा कायम छ।
क्रोएसियाले मोंटेनेग्रोलाई ४-० ले हराउँदै आफ्नो शतप्रतिशत नतिजा निरन्तरता दियो। पहिलो गोल क्रिस्टिजान याकिचले गरे। आन्द्रेय क्रामारिच, इभान पेरिसिच र एक आत्मघाती गोलमार्फत अन्तर बढ्यो। मोंटेनेग्रोका आन्द्रिजा बुलाटोभिक पहिलो हाफमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

स्विडेनले पछिल्ला तीन विश्वकप छनोट खेलमा जित्न नसकेपछि दबाब बढेको छ। सन् २००८–०९ पछि पहिलो पटक लगातार ३ खेलमा जितविहीन भएको स्विडेन लगातार दोस्रो विश्वकप गुमाउने खतरा बढेको छ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]