default_image

3 months ago

September 10, 2025

अर्जेन्टिना इक्वेडरसँग पराजित

287 views

0 Bookmark

एजेन्सी – विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १-० इक्वेडरसँग पराजित भएको छ।

पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे। लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे। तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन।

६५औँ मिनेटमा निकोलास ओटामेन्डीले भ्यालेन्सियालाई पछाडिबाट धकेलेपछि रातो कार्ड पाए। यसका कारण उनले विश्वकपको पहिलो खेल गुमाउनेछन्। त्यसपछि कप्तानको जिम्मेवारी रोड्रिगो डे पउलले लिए।

खेलको इन्ज्युरी समयमा निकोलास टाग्लियाफिकोको हेडर प्रयासमा उनको हात इक्वेडरियन खेलाडीको अनुहारमा लागेपछि भिएआरमार्फत इक्वेडरले पेनाल्टी पायो। मार्टिनेजले डाइभ गरे पनि भ्यालेन्सियाले गोल गरे । इक्वेडर १-० ले अगाडि बढ्यो।

इक्वेडरका कैसिडोलाई पनि रातो कार्ड देखाइयो। अर्जेन्टिनाका प्रशिक्षक स्कोलिनी त्यसपछि जुलियन आल्भारेज, फ्रांको मास्तान्तुओनो, नाहुएल मोलीना र जियोभानी लो सेल्सोलाई मैदानमा उतारे।

तर अन्तिम क्षणसम्म पनि अर्जेन्टिनाले बराबरी गोल गर्न सकेन र १-० को हार बेहोर्नुपर्‍यो। अर्जेन्टिना यसअघि नै विश्व कप २०२६ को लागि छनोट भइसकेको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.