default_image

3 months ago

September 11, 2025

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हरायो

129 views

0 Bookmark

एजेन्सी – वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ।

कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो। दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो ।‌ तर त्यसपछि फेरि पानी पर्न आयो।

इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो। सुरुदेखि आक्रामक हुन बाध्य इंग्ल्यान्ड ५ ओभरमा ५ विकेट गुमाउँदै ५४ रोकियो। दक्षिण अफ्रिकी कोर्बिन बोस्च र मार्को जान्सेनले समान २ विकेट लिए।

फिल साल्ट पहिलो बलमै आउट भए, याकब बेटेल ७ रनमा र कप्तान ह्यारी ब्रुक बिना रनमै फर्किएपछि इंग्ल्यान्डको शीर्षक्रम ध्वस्त भयो।

त्यसपछि जोस बटलरले ११ बलमा ३ छक्कासहित २५ रन बनाएर सम्भावना जगाए। साम करनले एक छक्का प्रहार गरेर आशा जगाए पनि अन्ततः पाहुना टोलीले सहज जित निकाल्यो ।

यसअघि, ढिलो निर्णयका कारण जोफ्रा आर्चरको सट्टा लुक वुडले खेल खेले र पहिलो ओभरमै रायन रिकेलटनलाई आउट गरे। कप्तान एडेन मार्करामले १४ बलमा २८ रन बनाए।

डेवाल्ड ब्रेभिसले १० बलमा २३ रनको आकर्षक पारी खेले तर साम करनकै पहिलो बलमा आउट भए। डोनोभन फेरेराले भने ११ बलमा अविजित २५ रन बनाए।

३ खेलको सिरिजको दोस्रो खेल शुक्रवार ओल्ड ट्राफर्डमा हुनेछ। त्यहाँ पनि वर्षा हुने अनुमान गरिएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.