default_image

3 months ago

September 12, 2025

युनाइटेडका गोलकिपर ओनाना लोनमा ट्राब्जोन्स्पोर पुगे

537 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर आन्द्रे ओनाना सिजनको बाँकी समयका लागि टर्की क्लब ट्राब्जोन्स्पोरमा लोनमा गएका छन्।

युनाइटेडमा पहिलो ३ प्रिमियर लिग खेल नखेलेका २९ वर्षीय ओनानाले यो सिजन केवल काराबाओ कपमा ग्रिम्स्बीविरुद्ध खेलेका थिए।

युनाइटेडले उनलाई सन् २०२३ मा इन्टर मिलानबाट ४७.२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । युनाइटेडबाट १ सय २ खेल खेलेका उनी २०२४ एफए कप जित्दा टोलीको सदस्य थिए।

तर उनको बारम्बारका गल्तीका कारण प्रशिक्षक रुबेन अमोरीमले नयाँ गोलकिपर सेने लामेन्सलाई रोयल एन्ट्वर्पबाट २१ मिलियन युरोमा भित्राएका छन्।

अहिले युनाइटेडसँग लामेन्स, अल्ताय बायिन्डिर र टम हिटन गोलकिपिङ विकल्पका रूपमा छन्। युनाइटेडले प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीको‌ सामना गर्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.