3 months ago
September 14, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा जितको यात्रालाई निरन्तरता दिएको छ।
१० खेलाडीमा सीमित रियलले रियल सोसिडाडमाथि २-१ को जित निकाल्दै लगातार चौथो जित हासिल गरेको छ ।
एक गोल गरेका किलियन एम्बाप्पेको अर्को गोलमा पनि भूमिका रह्यो। सोसिडाडको डिफेन्सको गल्तीको फाइदा उठाउँदै एम्बाप्पेले १२ औं मिनेटमा पहिलो गोल गरे।
तर ३२औं मिनेटमा डिफेन्डर डिन हुइजसेन रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भयो। त्यसपछि पनि ४४ औं एम्बाप्पेले पासमा आर्दा गुलरले गोल गरेपछि रियल पहिलो हाफमा २-० ले अगाडि बढ्यो।

दानी कार्भाजालको ह्यान्ड बल भएपछि सोसिडाडले पेनाल्टी पायो र ५६ औं मिनेटमा मिकेल ओयार्जाबाले गोल गर्दै अन्तर घटाए।
रियल अन्तिमसम्म डिफेन्समा मजबुती बनाउँदै खेल जित्यो। ८२औं मिनेटमा कार्भाजालको सट्टा ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड मैदान प्रवेश गरे।
४ खेलबाट १२ अंक जोडेको रियल शीर्ष स्थानमा छ। पाँचौं स्थानमा रहेको बार्सिलोनाले आज राति भ्यालेन्सियाविरुद्ध खेल्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]