default_image

3 months ago

September 15, 2025

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

270 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-० ले हराउँदै लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ।

इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले। त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए।

हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना गर्दा बल पोस्टमा ठोकाए पनि, ६८औं मिनेटमा अर्को गोल थप्दै नतिजा सुनिश्चित गरे।

सिटीका नयाँ गोलरक्षक जियानलुइजी डोनारुमाले ब्रायन म्बेउमोको प्रहार रोके पनि ।‌ युनाइटेड खेलभरि कमजोर देखियो र हारसँगै १४औं स्थानमा झर्‍यो। ४ खेलमा‌ युनाइटेडको ४ अंक छ। सिटी ६ अंकसहित आठौं स्थानमा छ।

लिभरपुलको लगातार चौथो जित

मोहम्मद सलाहले इन्ज्युरी समयको पेनाल्टी गोलमार्फत लिभरपुललाई बर्नलीमाथि १–० को जित दिलाएका छन्।

टर्फ मोरमा भएको खेलमा सुरुदेखि नै जुझारु बनेको बर्नलीले लिभरपुललाई रोक्ने संकेत देखाए पनि अन्ततः अन्तिम क्षणमा गोल खान बाध्य भयो।

बर्नलीका लेस्ली उगोचुक्वुले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडेपछि खेल १० खेलाडीमा सीमित भएको थियो। तर लिभरपुलले आर्नो स्लॉटको टोलीमा यसपटक ब्रिटिस रेकर्ड साइनिङ अलेक्जान्डर इसाक बिना नै खेलेको थियो।

इन्ज्युरी समयको पाँचौँ मिनेटमा जेरिमी फ्रिम्पोङको क्रस बर्नलीका ह्यान्निबल मेजब्रीको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पायो। त्यसमा सलाहले गोल गर्दै टोलीलाई जित दिलाए।

यो जितसँगै लिभरपुलले ३ खेलमा शत प्रतिशत जितलाई कायम गरेको छ र शीर्ष स्थानमा फर्किएको छ। बर्नली तालिकाको १७औं स्थानमा छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.