default_image

3 months ago

September 15, 2025

पिएसजीको निरन्तर जित

294 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा लगातार चौथो जित दर्ता गरेको छ। ब्राड्ली बारकोलाले गरेको २ गोलमा आइतवार पिएसजीले लेन्सलाई २-० ले हरायो ।

लुइस एन्रिक मार्टिनेजको टोली तालिकाको शीर्षस्थानमा कायम रह्यो। पेरिस क्लबले यो‌सिजनको सुरुवातलाई पूर्णत: सफल बनाएको छ। टोली दोस्रो स्थानको लिलभन्दा २ अंकले अगाडि छ।

बारकोलाले १५ औं मिनेटमा पहिलो गोल गरे। पेनाल्टी बक्स बाहिरबाटै ५१ औं मिनेटमा उनले अर्को गोल थपे।

एन्रिकेले बुधवार हुने एटालान्टाविरुद्धको च्याम्पियन्स लिगको पहिलो खेललाई ध्यानमा राख्दै टोलीमा केही परिवर्तन गरेका थिए।

अघिल्लो ६–३ को टुलुजविरुद्धको जितमा सुरुवात गरेका नुनो मेंडेस, जोआओ नेभेस र फाबियन रुइजलाई बेन्चमा राखियो। त्यसको सट्टा लुकास हेर्नान्डेज, वारेन जाइरे एमरी र काङ इन लीलाई उतारियो।

घाइते डेजिरे डोउ र उस्मान डेम्बेलेको स्थानमा क्रमशः ख्विचा क्वारात्स्खेलिया र गोनसालो रामोसले खेल थाले।

तर, क्वारात्स्खेलियाको पुनरागमन लामो समय टिकेन। जर्जियन विङ्गरले खेल सुरु भएको आधा घण्टामै बायाँ खुट्टाको पिँडुलामा चोट लागेपछि बाहिरिनुपर्‍यो। उनको स्थानमा इब्राहिम म्बाये मैदानमा प्रवेश गरे। त्यतिबेला पिएसजी १-० ले‌ अगाडि थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.