default_image

3 months ago

September 15, 2025

अल नासरको लगातार जित

476 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सुरुवाती उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। अल–खोलुदलाई आइतवार २-० ले हराउँदै अल नासर तालिकाको शीर्ष स्थानमा फर्किएको छ।

खेलको पहिलो हाफ कठिन भए पनि दोस्रो हाफमा अल–नासरले खेल आफ्नो पक्षमा पार्यो। साडियो मानेले ५२ औं मिनेटमा किंग्सले कोमानसँग पास मिलाउँदै पहिलो गोल गरे। त्यसपछि अन्तिम १० मिनेट बाँकी रहँदा नयाँ खेलाडी इनिगो मार्टिनेजले हेडमार्फत अर्को गोल थपे।

अन्तिमतिर अल–खोलुदलाई पेनाल्टीको मौका मिल्यो तर गोलकिपर राघिद नज्जारले प्रहार रोक्दै अल–नासरको अग्रतालाई जोगाए ‌।

अल–नासरले सन् २०१९/२० पछि पहिलो पटक सुरुवाती दुई खेलमा लगातार जित निकालेको छ। पछिल्ला १० खेलमा टोली अपराजित छ । अल–खोलुद भने पछिल्ला ११ अवे खेलमा केवल १ मा मात्र विजयी भएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.