default_image

3 months ago

September 16, 2025

यु१६ लिग र ए डिभिजन लिगको बैठक स्थगित

473 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु १६ लिग स्थगित गरेको छ। जेनजी आन्दोलनका क्रममा नै यु १६ लिग स्थगित भएको थियो

सोमवार अर्को सुचना नभएसम्मका लागि यु १६ लिग स्थगित गरिएको पत्र एन्फाले क्लबहरुलाई पठाएको छ।
त्यस्तै युथ लिग र पुसका लागि प्रस्तावित सहिद स्मारक ए डिभिजन लिगका विषयमा एन्फाले बोलाएको क्लबहरु सँगको छलफल स्थगित गरेको छ।

एन्फाले यु १६ का बारेमा सोमवार र ए डिभिजनका बारेमा छलफल गर्न आज (मंगलवार) का लागि तय गरेको थियो।

‘मिति २०८२/५/३० गते एन्फा यू–१६ यूथ लिग फुटबल प्रतियोगिता २०२५ र मिति २०८२/५/३१ गते शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सम्बन्धि छलफल गर्न बैठक राखिएकोमा प्राविधिक कारणबस अर्को सुचना नभए सम्मका लागि उक्त दुवै बैठक स्थगित गरिएको व्यहोरा यहाँहरुमा जानकारी गराउँदछु साथै एन्फा यू–१६ यूथ लिग फुटबल प्रतियोगिता २०२५ पनि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँदछु ,’ एन्फाले सहभागी क्लबका अध्यक्षहरु एसएमएसमार्फत पठाएको जानकारीमा उल्लेख छ।

यद्दपी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई तथा केन्द्रीय सदस्यद्धय पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठ तथा क्लबका प्रतिनिधिबीच सोमवार अनौपचारिक छलफल भएको थियो।

त्यहाँ अहिले देशको अवस्थाको चर्चा भएको बताइएको छ। यु १६ लिग जेनजी आन्दोलनका कारण स्थगित भएको र पुनः खेल्ने तयारीका लागि केही समय चाहिने क्लब प्रतिनिधिले बताएका थिए। त्यस्तै उनीहरुले बैठक स्थगित भएको पत्रनै चाहिने माग गरेका थिए।

सोही अनुसार यु १६ लिगका बारेमा सोमवार नै पत्र पठाइएको र ए डिभिजन लिग सम्बन्धित बैठक रोकिएको पत्र आज पठाइने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।

अनौपचारिक छलफलमा क्लबले लिगहरुको स्थगित सम्बन्धमा स्थगितको पत्र र पुरानो बक्यौता दशै अगावै एन्फाले दिनसक्नु पर्ने माग राखिएको सहभागी क्लबका एक अध्यक्षले जानकारी दिए।

यसपटकको ए डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा सन्चालन गर्ने गरि एन्फाले क्लबहरुसँग छलफल अघि बढाएको‌ थियो। थप छलफलका लागि आजको बैठक बोलाइएपछि गत साताको देशको विकसित घटनाक्रमको कारण स्थगित गर्नुपरेको प्रवक्ता शाहले बताए।

‘क्लब र लिग गर्ने प्रस्तावित जिल्लाका प्रतिनिधिसँग छलफल गर्न आजको बैठक डाकिएको थियो, उनले भने,’तर गत साताको राजनीतिक घटनाक्रमका कारण कुनै पनि गतिविधि हुन सकेन । त्यस्तैले आज बैठक बस्ने अवस्था नभएकोले स्थगित गरिएको जानकारी यसअघि नै गराइसकेका थियौं। आज पत्र पनि पठाउँछौं ।’

योसँगै पुसमा लागि प्रस्तावित ए डिभिजन लिग नहुने सम्भावना बढेको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.