3 months ago
September 16, 2025
एजेन्सी – युरोपियन क्लबको सबै भन्दा प्रतिष्ठत च्याम्पियन्स लिगको नयाँ सिजन २०२५/२६ आज सुरु हुँदैछ।
पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले गत सिजन पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो। टोलीको अब अर्को लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने रहेको छ।
यो सिजन पनि च्याम्पियन बन्न सके पिएसजी इतिहासमा लगातार च्याम्पियन्स लिग जित्ने दुर्लभ को सूचीमा सामेल हुनेछ।
च्याम्पियन्स लिग (पूर्व युरोपियन कप) सन् १९५५ मा सुरु भएदेखि थोरै क्लबले मात्र लगातार उपाधि जितेका छन्।

च्याम्पियन्स लिगमा सबैभन्दा सफल क्लब रियल म्याड्रिड ले पहिलो ५ संस्करण (१९५५/५६ देखि १९५९/६०) लगातार जितेको थियो।
पछिल्लो पटक पनि रियलले नै २०१४/१५ देखि २०१६/१७ सम्म लगातार ३ पटक च्याम्पियन्स लिग जितेको थियो। यसअघि अन्तिम पटक एसी मिलान ले १९८८/८९ र १९८९/९० मा लगातार जितेको थियो।
पिएसजीले लगातार उपाधि जिते रियल , एसी मिलान, बायर्न म्युनिख, लिभरपुल, नटिङ्घम फरेस्ट, आयक्स, इन्टर मिलान र बेनफिकासँग आफूलाई उभ्याउने छ।

लगातार दुई वा बढी पटक उपाधि जित्ने क्लबहरू
रियल म्याड्रिड (स्पेन)
पहिलो जित: १९५५/५६
अन्तिम जित: १९५९/६०
लगातार: ५ पटक
बेनफिका (पोर्चुगल)
पहिलो जित: १९६०/६१
अन्तिम जित: १९६१/६२
लगातार: २ पटक
इन्टर मिलान (इटाली)
पहिलो जित: १९६३/६४
अन्तिम जित: १९६४/६५
लगातार: २ पटक
आयाक्स (नेदरल्याण्ड)
पहिलो जित: १९७०/७१
अन्तिम जित: १९७२/७३
लगातार: ३ पटक
बायर्न म्युनिख (जर्मनी)
पहिलो जित: १९७३/७४
अन्तिम जित: १९७५/७६
लगातार: ३ पटक
लिभरपुल (इङ्ग्ल्यान्ड)
पहिलो जित: १९७६/७७
अन्तिम जित: १९७७/७८
लगातार: २ पटक
नटिङ्घम फरेस्ट (इङ्ग्ल्यान्ड)
पहिलो जित: १९७८/७९
अन्तिम जित: १९७९/८०
लगातार: २ पटक
एसी मिलान (इटाली)
पहिलो जित: १९८८/८९
अन्तिम जित: १९८९/९०
लगातार: २ पटक
रियल म्याड्रिड (स्पेन)
पहिलो जित: २०१५/१६
अन्तिम जित: २०१७/१८
लगातार: ३ पटक
नयाँ सिजन २०२५/२६ आज सुरु हुँदैछ। पहिलो साताको खेल तालिका

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]