3 months ago
September 17, 2025
एजेन्सी – च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन्। युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४-४ को नाटकीय बराबरीमा टुंगियो।
इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को जित निकाल्दा भाग्यमानी गोल निर्णायक बन्यो।
खेलको चौथो मिनेटमै निर्णायक गोल भयो। लुकास बर्गवालले रिचार्लिसनलाई क्रस गर्दा गोलकिपर लुइज जुनियरले सहजै नियन्त्रणमा लिन सक्थे, तर गल्ती गर्दै बललाई आफ्नै पोस्टभित्र पुर्याए।
युभेन्टस र डर्टमुन्डबीचको खेल स्मरणीय रह्यो। पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा ८ गोल भयो ।
खेलको पहिलो हाफ गोलरहित रह्यो। ५१औँ मिनेटपछि गोलको वर्षा सुरु भयो र तीन पटक पछि परेको युभेन्टस अन्ततः बराबरीमा फर्कन सफल भयो।

डिफेन्डर लोयड केली नायक बने। उनले पेनाल्टी दिँदा डर्टमुन्डले ८६औ मिनेटमा ४-२ को अग्रता बनाएको थियो। तर इन्ज्युरी समयमा २ गोल फर्काउँदै युभेन्टसले बराबरी गर्यो।
इन्ज्युरी समयको चौथो मिनेटमा दुशान भ्लाहोभिचले गोल गर्दै आशा जगाए । इन्ज्युरी समयको छैंटौं मिनेटमा भ्लाहोभिचकै क्रसमा केलीले हेडिङमा गोल गर्दै खेललाई बराबरी बनाए ।
यो च्याम्पियन्स लिग इतिहासमा एकै हाफमा ८ गोल भएको यो मात्र दोस्रो पटक हो। गत सिजन बायर्न म्युनिखले डिनामो जाग्रेबलाई ९-२ ले हराउँदा दोस्रो हाफमा ८ गोल गरेको थियो ।
रियलले घरेलु मैदानमा मार्सेलाई २-१ ले हरायो। किलियन एम्बाप्पेले दुवै गोल पेनाल्टीमार्फत गर्दै टोलीलाई जिताए।

पोर्चुगलमा बेन्फिकाले घरेलु मैदानमा पराजय बेहोर्नुपर्यो। अझरबैजानको काराबागले ३-२ ले जित निकाल्दा पेद्रो बिकाल्हो निर्णायक रहे।
आर्सनलले एथलेटिक क्लबलाई २–० ले पराजित गर्यो।
नेदरल्याण्ड्समा भने अप्रत्याशित नतिजा निस्कियो। पिएसभी आइन्डोभेनलाई बेल्जियमको युनियन सेन्ट–गिलोइजले ३-१ ले हरायो।
च्याम्पियन्स लिग नतिजा – १६ सेप्टेम्बर २०२५
एथलेटिक क्लब ०–२ आर्सनल
पिएसभी आइन्डोभन १–३ युनियन सेन्ट–गिलोइज
युभेन्टस ४–४ बोरुसिया डर्टमुन्ड
रियल म्याड्रिड २–१ मार्से
बेन्फिका २–३ काराबाग
टोटेनहम १–० भिल्लारियल
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]