3 months ago
September 18, 2025
एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले विजयी सुरुवात गरेको छ।
४ खेलाडीले गाोल गरेको खेलमा पिएसजीले इटालियन क्लब एटलान्टामाथि ४–० को प्रभावशाली जित निकालेको छ।
पार्क दे प्रिन्समा भएको खेलमा घरेलु टोलीले सुरुवातमै गोल गर्दै दबाब बनायो। खेलको तेस्रो मिनेटमा कप्तान मार्किन्होस ले हेडरमार्फत पहिलो गोल गरे। त्यसपछि ३९ औं मिनेटमा जर्जियन स्टार ख्विचा क्वारात्सखेलिया ले गोल गर्दै अन्तर २–० बनाए।
५१ औं मिनेटमा नुनो मेन्डेस ले सुन्दर प्रहारमार्फत तेस्रो गोल थपे। इन्ज्युरी समयको पहिलो मिनेटमा गोनकालो रामोस ले गोल गर्दै स्कोरलाई ४–० मा पुर्याए।
अर्को खेलमा कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३–२ ले पराजित गरेको हो ।

चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो।
तर, पहिलो हाफको अन्त्यतिर मार्कस लोरटेले एट्लेटिकोका लागि गोल फर्काए। लोरटेले नै ८१ औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
बराबरी उन्मुख खेलमा कप्तान भ्यान डाइकले कर्नरमा हेडिङमार्फत गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए।
च्याम्पियन्स लिगमा बुधवारको नतिजा

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]