3 months ago
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा आज नेपाल र दुई पटकको विजेता बंगलादेशको सामना गर्दैछ।
कोलम्बोस्थित रेसकोर्स ग्राउण्डमा खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। नेपालले घरेलु टोली श्रीलंकामाथि २-० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।
त्यसमा दुबै गोल समिर कुमारले गरेका थिए । त्यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ।
नेपाल च्याम्पियनसिपमा दोस्रो र बंगलादेश पहिलो खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ। जहाँ भारत वा पाकिस्तान मध्ये एक टोलीको सामना गर्नुपर्ने हुनसक्छ।
दुई पटकको च्याम्पियन रहिसकेका बंगलादेश जितेका साथ च्याम्पियनसिपको सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन्। शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकाले आजको नतिजाले समीकरणमा प्रभाव पार्नेछ।
अर्को समूह ‘बी’ मा भारत र पाकिस्तानले आ–आफ्नो पहिलो खेल जितिसकेका छन्। त्यो समूहमा माल्दिभ्स र भुटान पनि छन्।
भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली (६ पटकको च्याम्पियन) हो भने बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन्। नेपाल भने चार पटक फाइनल खेल्दा पनि उपाधि उचाल्न सकेको छैन।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]