9 years ago
April 27, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा ओससुनालाई ७-१ले पराजित गरेको छ।

बार्सिलोनाको जितमा लियोनेल मेस्सी, आन्द्रे गोमेस र फ्रान्सिस्को अल्कासेरले २/२ गोल गरेका थिए भने हाभिएर मासेरानोले पनि १ गोल गरे। खेलको १२औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए भने आन्द्रे गोमेसले ३०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-०ले अगाडी राखे।
दोश्रो हाफको सुरुवातमै रोबर्टो टोरेसले गोल गर्दै ओसासुना खेलमा फर्कने आशा देखाएका थिए। तर गोमेसले ५७औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै बार्सिलोनालाई २ गोलको अग्रता दिलाए। त्यसपछि मेस्सी, अल्कासेर र मासेरानोले ७ मिनेटको अन्तरमा ३ गोल गर्दै बार्सिलोनाको जित पक्का गरे। खेलको ८६औं मिनेटमा अल्कासेरले व्यक्तिगत दोश्रो गोल गरेका थिए।
जितसंगै बार्सिलोनाको ३४ खेलमा ७८ अंक भएको छ र शीर्षस्थानमा कायमै छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]