default_image

9 years ago

April 28, 2017

म्यानचेस्टर डर्बी बराबरीमा टुंगियो

151 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राती भएको सिटी र युनाइटेडको म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुंगिएको छ । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो ।

खेलमा आक्रमक रुपमा प्रस्तुत भएको  सिटिले धेरै मौका गुमाएपछि खेल बराबरीमा सकिएको हो। युनाइटेडका फरवार्ड ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले टोलीको आक्रमण शून्यप्राय रह्यो। यस खेलमा जित हात पारेको अवस्थामा दुवै टोलीको अंक तालिकामा माथि पुग्ने सम्भावना रहेको थियो।

म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो । सर्जियो अग्वेरोलाई हेडबट गरेका मारौउने फेलाइनीले रातो कार्डको सामना गर्दै मैदान छाडेपछि अन्तिम सात मिनेट युनाइटेडले १ खेलाडी कम भएर खेल्नु परेको थियो । त्यसका वावजुद युनाइटेड सिटीलाई रोक्न सफल भएको थियो ।

खेलको सुरुवातमा अग्वेरोको प्रहार पोस्टमा लागेर बाहिरिएपछि सिटीले गोल अग्रता लिने अवसर गुमाएको थियो । केभिन डी ब्रुआइनको नवौ मिनेटको क्रसमा अग्वेरोको प्रहार पोस्टमा लागेको थियो । त्यस्तै चोटबाट फर्किएका सिटीका ग्याबरिएल जिससको गोल रेफ्रिले अफसाइड भन्दै अस्वीकार गरेका थिए ।

युनाइटेडका लागि जारी सिजनमा उच्च गोल गरेका  इब्राहिमोभिच घुडाँको चोट कारण नखेलेपछि जोजे मोरिन्होेले हेनरिक मिखितार्यानलाई फरवार्डको रुपमा खेलाएका थिए । एन्थोनी मार्सियल र मार्कस रास्फार्डलाई विंग्समा खेलाएका थिए ।
फेलाइनी बाहिरिएपछि सिटीले जिससलाई भित्राउदै गोल गर्ने प्रयास गरेको थियो । जिससले हेडरमार्फत गोल गरेपनि उनको गोललाई सहायक रेफ्रीले अफसाइड लिएपछि दुवै टोलीले अंक बाडेका थिए ।

बराबरीले लिभरपुल र आर्सनललाई फाइदा पुगेको छ। शीर्ष चारमा पर्ने होडमा चेल्सी र टोटेनहम तालिकाको शीर्ष दुईमा छन् भने अन्य ४ टोली बाँकी दुई स्थानको लागि भिडिरहेका छन्।

३४ खेल खेलेर ६४ अंक बोकेको लिभरपुल तेश्रो स्थानमा छ भने म्यानचेस्टर सिटि ३३ खेलमा ६५ अंक लिएर चौथोमा छ। ३३ खेलमा ६४ अंक जोडको म्यानचेस्टर युनाइटेड पाँचौ र ३२ खेलमा ६० अंक बोकेको आर्सनल छैठौं स्थानमा छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.