9 years ago
April 28, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयालाई क्लबमा भित्राउने तयारी तिब्र पारेको छ । आउँदो सिजन क्लबमा अनुबन्ध गर्ने लक्ष्य राख्दै रियलले उनलाई अहिले सम्मको सबै भन्दा महँगा गोलकिपर बनाउने तयारी सुरु गरेको छ ।

गत सिजन ट्रान्सफर विन्डो अन्त्य हुनु अघि आवश्यक कागजात पुर्याउन नसक्दा डे हेयालाई रियलको अनुबन्ध गर्ने योजना असफल भएको थियो । तर रियल आउने सिजन उनलाई गुमाउन चाहँदैन । त्यसका लागि रियलले अहिलेबाट प्रक्रिया सुरु गरिसकेको छ ।
डे हेयालाई अनुबन्ध गर्न रियलले ७० देखि ७५ मिलियन युरोसम्म खर्चिन तयार रहेको बताइएको छ । यदि त्यति रकम खर्चेमा त्यो गोलकिपरका लागि खर्च गरिने अहिले सम्मकै ठूलो रकम हुनेछ । सन् २०११ मा एट्लेटिको म्याड्रिडबाट युनाइटेडले भन्डै १८ मिलियन पाउन्ड खर्च गरेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]