default_image

9 years ago

April 29, 2017

रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

111 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा भ्यालेन्सियालाई २-१ले पराजित गरेको छ

खेलको २७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो उनले ड्यानी कार्भाजलको क्रसलाई हेडरमार्फत गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिएखेलको ५७औं मिनेटमा लुका मोड्रीचलाई बक्स भित्र लडाएपछि म्याड्रिडले पेनाल्टीको अवसर पाएको थियो तर रोनाल्डोको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलरक्षक डिएगो आल्भेसले बचाएका थिए

खेलको ८२औं मिनेटमा ड्यानी परेहोले फ्रिकिक बाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए तर उक्त गोलको ३ मिनेट पछिनै मार्सेलोले उत्कृष्ट गोल गर्दै म्याड्रिडलाई पुन: खेलमा अगाडी बढाएका थिए

जितसंगै रियलको ३४ खेलमा ८१ अंक भएको छ। समान खेल खेलेको बार्सिलोना भन्दा रियल ३ अंकले अगाडी छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.