9 years ago
April 30, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती हुने खेलमा नर्थ लण्डनका दुइ टोली आर्सनल र टोटेनहम हट्स्पर आमनेसामने हुँदैछन्।

लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको टोटेनहम घरेलु मैदानमा जितसंगै इतिहास रच्ने सुरमा हुनेछ। उसले सन् १९९५ यता लिगमा आर्सनल भन्दा माथि रहेर सिजनको अन्त्य गरेको छैन। तर आज हुने खेलमा तिन अंक हासिल गर्न सके यस सिजनमा आर्सनल टोटेनहम भन्दा तल रहने पक्का हुनेछ।
टोटेनहमका लागि मिडफिल्डर मुसा डेम्बेले र डिफेन्डर ड्यानी रोजको खेल्ने सम्भावना एकदम कम छ भने मिडफिल्डर द्वय एरिक लामेला र ह्यारी विंक्स चोटका कारण विश्राममा छन्।
आर्सनलका लागि डिफेन्डर लौरेन्ट कोसिएल्नी चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन्। उनीसंगै अर्का डिफेन्डर स्कोडरान मुस्ताफी, गोलरक्षक डेबिड ओस्पिना, फरवार्ड लुकास पेरेज र मिडफिल्डर सान्टि कजोर्ला चोटका कारण मैदान बाहिर रहनेछन्।
यी दुइ टोलिबिचका पछिल्ला ५ लिग खेलमा ४ खेल बराबर भएको छ भने १ खेल टोटेनहमले जितेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]