9 years ago
April 30, 2017
भारत (एजेन्सी) – भारतीय फुटबलका गोलकिपर सुब्रतो पौल डोपिङ परीक्षणमा दोषी पाइएका छन् । पौलले टरबुटलाइन नामक ‘एनाबोलिक स्टेरोइड’ प्रयोग गरेको भारतको न्यासनल एन्टी डोपिङ एजेन्सीले (नाडा) ले पुष्टि गरेको हो ।

पहिलो स्याम्पलमा दोषी देखिएपछि पौलले पुनः अर्को स्याम्पलको जाचँ हुनुपर्ने माग गरेका छन् । करिब १ हप्तापछिको उक्त जाचँमा निर्दोष साबित नभए सुब्रतो ४ वर्षसम्म प्रतिबन्ध हुन सक्ने छन् । ३० वर्षीय गोलकिपर दोषी साबित भए यो उनको खेल जीवनको समाप्ति पनि हुन सक्नेछ ।
भारतबाट ६० भन्दा धेरै खेल खेलेका पौल समर्थमाझ ‘स्पाइडर म्यान’ को नामले चर्चित छन् । डेनमार्कमा नेपालका रोहित चन्दले पनि प्रशिक्षण गरेको क्लब भैकिंग्ससँग ६ महिने सम्झौतामा आवद्ध भएपनि उनले कुनै खेल भने खेल्न पाएका थिएनन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]