default_image

9 years ago

April 30, 2017

चेल्सीको प्रिमियर लिग उपाधितर्फ अघि बढ्दै

213 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– चेल्सी इङ्लिस प्रिमियर लिगको उपाधि निकट पुगेको छ । आज एभर्टनलाई ३–० ले हराउँदै उपाधि दौडलाई चेल्सीले थप मजबुद बनाउको हो ।

Chelsea

खेलको अन्त्यमा सहज जित निकाले पनि चेल्सीले गोलको खाता खोल्न भने एक घन्टा भन्दा बढी संघर्ष गर्नु परेको थियो । एभर्टनका डोमिनिक कालर्भेट लिविनको प्रहार पोस्टमा लागेर फकेृको थियो भने चेल्सीका इडेन हाजार्डको प्रयास असफल भएको थियो ।

चेल्सीले ६६ औं मिनेटमा पेन्द्रोको गोलबाट अग्रता लिएको थियो । ग्यारी काहिलले ७९ औं मिनेटमा गोल गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी विलियनले गोल गरेका थिए । यो जितपछि चेल्सी (८१ अंक) ले दोस्रो स्थानको टोटेनह्यामलाई पुनः ७ अंकले पछि पारेको छ । आजै टोटेनह्यामले लन्डन डर्बीमा आर्सनलको सामना गर्दैछ । एभर्टन अंकतालिकाको सातौं स्थानमा छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.