मिडल्सब्रो (एजेन्सी)– म्यानचेस्टर सिटी आज प्रिमियर लिगमा पराजित हुने अवस्थाबाट जोगिएको छ । गाब्रियल जिससले हेडमार्फत ८५ औं मिनेटमा गोल गरेपछि सिटीले मिडल्सब्रोलाई २–२ को बराबरमिा रोकेको थियो ।
२–० ले पछि परेको अवस्थाबाट सिटीले बराबरी गरेको थियो । ६९ औं मिनेटमा सर्जियो अग्वुइरोले बराबरी गोल गरेको ८ मिनेटपछि कालुम चेम्बर्सले गोल गर्दै पुनः मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । सिटीका पूर्व स्ट्राइकर अल्भारो नेग्रेडोको गोलबाट मिडल्सब्रोले ३८ औं मिनेटमा अग्रता लिएको थियो ।
मार्टिन डी रुनले लेरोय सानेलेलाई फाउह हानेपछि सिटीले पेनाल्टी पाएको थियो । त्यसमा अग्वुइरोले बराबरी गोल गरेका थिए । बराबरीपछि सिटीले तेस्रो स्थानको लिभरपुलसँग अंकमा बराबरी गरेको छ । समान ३४ खेलमा लिभरपुल र सिटीको समान ६६ अंक छ । एक अंक कमसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको ८१ र दोस्रो स्थानको टोटेनह्यामको ७५ अंक छ । २८ अंकसहित मिडल्सब्रो पुछारबाट दोस्रो स्थानमा छ ।