9 years ago
April 30, 2017
टोटेनह्याम (एजेन्सी)– प्रिमियर लिगको उपाधितर्फ अघि बढेको चेल्सीलाई टोटेनह्यामले पछ्याइरहेको छ । चेल्सीले एभर्टनलाई ३–० ले हराएको केही समयपछि आर्सनललाई २–० ले हराएपछि टोटेनह्यामले उपाधि दौडलाई कायम राखेको छ ।

जितपछि टोटेनह्यामले पुनः चेल्सीसँगको दुरीलाई ४ अंकमा घटाएको छ । अन्तिम ४ खेल बाँकी रहँदा शीर्ष टोली चेल्सीको ८१ र टोटेनह्यामको ७७ अंक छ । हारपछि आर्सनलको शीर्ष चारमा प्रिमियर लिग टुंगाउने सम्भावना कमजोर बनेको छ ।
चौथो स्थानको म्यानचेस्टर सिटी र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडले अलग अलग खेलमा बराबरीमा चित्त बुझाउँदा आर्सनलले त्यसको फाइदा उठाउन सकेन ।
टोटेनह्याम र आर्सनलबीचको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । डेले अलिले ५५ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको तीन मिनेटपछि हेरी केनले पेनाल्टीमा गोल गर्दै टोलीको अन्तरलाई दोब्बर पारेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]