default_image

9 years ago

May 2, 2017

रियलविरुद्ध एटलेटिकोको सम्भावित सुरुवाती ११

173 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्।

एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने छैनन्, उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्।

गोलरक्षकको भुमिकामा जान ओब्लाक रहनेछन् भने स्टेफान स्याभिच र डिएगो गोडीनले सेन्टर डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन्। जोसे हिमिनेजले राइट डिफेन्समा खेल्नेछन् भने लेफ्ट डिफेन्समा लुइस फिलिपे कायमै रहनेछन्।

कोके, गाबी, साउल निगुएज र गाइतानले मिडफिल्ड सम्हाल्नेछन्। ग्रिज्मन र गमेरियोले आक्रमण सम्हाल्नेछन्।

नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.