default_image

9 years ago

May 3, 2017

मोनाको र युभेन्टस सेमिफाइनलमा भिड्दै

113 views

0 Bookmark

फ्रान्स (एजेन्सी)- आज हुने युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको सेमिफाइनल चरणको पहिलो लेगमा फ्रेन्च क्लब मोनाकोले युभेन्टसको सामना गर्दै छ। नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।

प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नको लागि मोनाकोले बोरुसिया डर्टमुण्डलाई पराजित गरेको थियो भने युभेन्टसले ठुलो अन्तरले बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।

आज हुने खेलमा घरेलु टोलि मोनाकोका बोस्चिलिया, कारिल्लो, सिडीबेले चोटका कारण नखेल्ने पक्का छ भने ब्कायोको र टाउरेले खेल्नेमा पनि शंका रहेको छ। पाहुना टोलिका जाका चोटका कारण अनुपस्थित रहने छन भने सामी खेडीरा रेड कार्डका कारण प्रतिबन्धमा रहेका छन्। सामीका स्थानमा क्लाउडियो मार्किसियोले सुरुआत गर्ने छन्।

पछिल्लो १२ च्याम्पियन्स लिग खेलमा आपराजित युभेन्टसले आफ्नो पछिल्लो १० खेल मध्य ८मा कुनै गोल खाएको छैन भने मोनाकोले आफ्नो पछिल्लो ४ च्याम्पियन्स लिग खेलमा कम्तिमा ३ गोल प्रहार गरेको छ।

 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.