9 years ago
May 4, 2017
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा युभेन्टसले घरेलु टोली ए.एस मोनाकोलाई २-०ले पराजित गरेको छ।

खेलमा केहि आक्रमक देखिएको मोनाकोले आफुले पाएको मौकाहरुको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको हो। उता युभेन्टसले भने मोनाकोको घरेलु मैदानमा सम्हालिएर खेलेको थियो।
खेलको २९औं मिनेटमा गोन्जालो हिगुएनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। ५९औं मिनेटमा हिगुएनले व्यक्तिगत दोश्रो गोल गरेपछि युभेन्टसको जित पक्का भएको थियो। दुवै गोलका लागि ड्यानी आल्भेसले असिस्ट प्रदान गरेका थिए।
यस सेमिफाइनलको दोश्रो लेग अर्को साता टुरीन स्थितयु भेन्टसको घरेलु मैदानमा हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]