9 years ago
May 5, 2017
स्पेन (एजेन्सी) – युरोपा लिग अन्तर्गत बिहिबार राती भएको सेमिफाइनल चरणको पहिलो लेगमा पाहुना टोली म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई १-०ले पराजित गरेको छ।

सेल्टाका गोलरक्षक बाधक बनेको खेलमा युनाईटेडले खेलको एकमात्र गोल फ्रिकिक मार्फत गरेको थियो। खेलको ६७औं मिनेटमा मार्कस र्यासफर्डको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो।
यस जितसंगै युनाईटेडले युरोपा लिगको फाइनल पुग्ने सम्भावनालाई बढाएको छ। स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले युनाईटेडलाई ठुलो घाटा परेको छ।
दोश्रो लेगको खेल अर्को साता युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]