9 years ago
May 9, 2017
एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा आज युभेन्टस र मोनाको भिड्दैछन्। मोनाकोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस विजयी रहेको थियो। प्पहिलो लेगमा गोन्जालो हिगुआइनको २ गोलको मद्दतले युभेन्टस २-०ले विजयी रहेको थियो। 
युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि प्रशिक्षक म्याक्स एलेग्रीले आफ्नो उत्कृष्ट एघारलाई मैदानमा उतार्ने पक्का छ। प्रतिबन्धका कारण पहिलो लेग गुमाएका मिडफिल्डर सामी खेडिरा आजको खेलमा उपस्थित हुनेछन्।
मोनाकोका लागि बोस्चिला र अल्मामी टुरे चोटका कारण बाहिर छन् भने बेन्जामिन मन्डी पूर्ण रुपमा फिट छैनन्। नाबिल दिरारले मेन्डीको अनुपस्थितिमा राइट डिफेन्सको भूमिका निर्वाह गर्नेछन्।
युभेन्टसले च्याम्पियन्स लिगका पछिल्ला ६ खेलमा कुनै गोल खाएको छैन। उसले पछिल्ला १३ खेलमा अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]