9 years ago
May 9, 2017
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगमा आज युभेन्टस र ए.एस. मोनाको भिड्दैछन्। पहिलो लेगमा २-०को जित दर्ता गरेको युभेन्टस कुनै दबाबमा छैन र सहज नतिजा दर्ता गर्दै फाइनलमा आफ्नो ठाउँ बनाउने दाउमा हुनेछ।

युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि प्रशिक्षक म्याक्स एलेग्रीले आफ्नो उत्कृष्ट एघारलाई मैदानमा उतार्ने पक्का छ। प्रतिबन्धका कारण पहिलो लेग गुमाएका मिडफिल्डर सामी खेडिरा आजको खेलमा उपस्थित हुनेछन्।
गोलरक्षणको जिम्मा दिग्गज खेलाडी जियानलुइजी बुफोनले सम्हाल्नेछन् भने निकै बलियो मानिएको युभेन्टसको डिफेन्समा एलेक्स स्यान्ड्रो, जिओर्जियो किएलिनी, लिओनार्डो बोनुची र ड्यानी आल्भेस कायम रहनेछन्।
मिडफिल्डको दारोमदार स्यामी खेडिरा र मिरालेम प्यानिचले सम्हाल्नेछन्। मारिओ मान्जुकिच, पाउलो डीबाला र ज्वान क्वाडराडोले आक्रमणमा सहायता दिनेछन। पहिलो लेगमा २ गोल गरेका फरवार्ड गोन्जालो हिगुआइन् एक्लो स्ट्राइकरका रुपमा उत्रनेछन्।
युभेन्टसले ४-२-३-१ को अवाधराना अबलम्बन गर्ने सम्भावना बढी छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]