9 years ago
May 9, 2017
जर्मनी (एजेन्सी) – जर्मनीका पत्रकारहरुले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको तलब सार्वजनिक गरेका छन् । उनीहरुको दावी अनुसार युनाइटेडका स्ट्राइकरले एक बर्षमा १९ मिलियन पाउण्ड कमाउछन् ।

जर्मनीमा प्रकाशित ‘फुटबल लिक्स’ नामक किताब अनुसार ज्लाटनले साताको ३ लाख ६७ हजार पाउण्ड(करिब ५ करोड नेपाली रुपैंया) कमाउछन्। उक्त रिपोर्टका अनुसार यो तलब संसारका सबैभन्दा महँगा खेलाडी पल पोग्बाको तलबभन्दा दुई गुणा बढी हो । पोग्बाले साताको १ लाख ६५ हजार पाउण्ड कमाउने उक्त किताबमा उल्लेख छ ।
फ्रान्सको पीएसजीमा आफ्नो सम्झौताको अन्त्य पछि ज्लाटन युनाइटेडसँग आबद्ध भएका थिए भने पोग्बालाई युनाइटेडले कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट खरिद गरेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]