9 years ago
May 10, 2017
एजेन्सी – विगत १४ वर्षदेखि बार्सिलोनाको लागि व्यवसायिक फुटबल खेलिरहेका लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेलेको १३ वर्ष पुगिसक्यो। यसबीचमा मेस्सीले थुप्रै दिग्गज खेलाडीसंग विपक्षीका रुपमा पनि खेलिसकेका छन्। यहि क्रममा उनले खेलको समाप्तिसंगै थुप्रै खेलाडीहरुसंग जर्सी साटासाट पनि गरेका छन्।

केहि दिनअघि मेस्सीले सामाजिक संजाल इन्स्टाग्राममार्फत आफ्नो जर्सी संग्रहको प्रदर्शन गरे। उक्त प्रदर्शनीमा उनले फ्रान्सेस्को टोट्टी, डिएगो मिलिटो, फिलिप लाह्म, न्याय टुरे, सर्जियो अगुएरो लगायतका जर्सी राखेका छन्।
उनले रियल म्याड्रिडका इकार कासियास, राउल र एन्जल डी मारियाको जर्सी पनि राखेका छन्। तर, क्रिस्टियानो रोनाल्डोको जर्सी भने उक्त संग्रहमा देख्न पाइएको छैन। उनले आफ्नो जमाना भन्दा अघि दिग्गज रहेका थिएरी हेनरी, पेट्र नेड्भेड, डेको लगायतका जर्सीलाई पनि संग्रहमा स्थान दिएका छन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]