एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। पहिलो लेगको खेलमा रियल म्याड्रिड ३-०ले विजयी रहेको थियो।
एटलेटिकोका लागि जुआनफ्रान चोट बोकेका कारण खेलमा उपस्थित हुने छैनन्, उनको ठाउँमा लुकास हर्नान्डेज खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्। जिमिनेज, सिमे भर्साल्को र अगुस्टो फर्नान्डेज पनि चोटका कारण अनुपस्थित रहेका छन्।
गोलरक्षकको भुमिकामा जान ओब्लाक रहनेछन् भने स्टेफान स्याभिच र डिएगो गोडीनले सेन्टर डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन्। लुकास हर्नान्डेजले राइट डिफेन्समा खेल्नेछन् भने लेफ्ट डिफेन्समा लुइस फिलिपे कायमै रहनेछन्।
कोके, गाबी, साउल निगुएज र करास्कोले मिडफिल्ड सम्हाल्नेछन्। ग्रिज्मन र गमेरियोले आक्रमण सम्हाल्नेछन्।
नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।
रियल म्याड्रिडको सम्भावित सुरुवाती एघार