default_image

9 years ago

May 11, 2017

हारका बाबजुद रियल फाइनलमा प्रवेश

173 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा घरेलु टोली एटलेटिको म्याड्रिडसंग २-१ले पराजित हुँदै समग्रमा ४-२को जित दर्ता गराएर रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

खेलको सुरुवातमा निकै आक्रामक देखिएको एटलेटिको म्याड्रिडले १६ मिनेटमा २ गोल गर्दै खेलमा फर्किने आशा देखाएको थियो। खेलको १२औं मिनेटमा साउल निगुएजले कर्नरमा हेडर मार्फत गोल गर्दै एटलेटिकोलाई अगाडी बढाएका थिए। त्यसको केहि मिनेटमै फर्नान्डो टोरेसलाई बक्सभित्र राफेल भारानले फल हानेपछि एटलेटिकोले पेनाल्टी पायो। १६औं मिनेटमा एन्टोइन ग्रिज्मनले पेनाल्टीलाई गोलमा परिणत गर्दै एटलेटिकोलाई २-०को अग्रता दिलाए।

पहिलो हाफको अन्त्य हुनुभन्दा १ मिनेट अगाडी रियलले अग्रता घटाएको थियो। टोनी क्रुसको प्रहारलाई गोलरक्षक यान ओब्लाकले फर्काएपछि आएको बलमा इस्कोले गोल गर्दै एटलेटिकोको सम्भावनालाई निस्तेज पारेका थिए। खेलमा थप गोल हुन नसकेपछि रियलले युभेन्टससंगको फाइनल खेल तय गरेको हो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.