default_image

9 years ago

May 14, 2017

ला लिगामा बार्सिलोना र लास पाल्मास भिड्दै

142 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लास पाल्मासंग भिड्दैछ।

आफ्नो पछिल्ला ४ लिग खेलमा जित हात पारेको बार्सिलोना यस खेलमा जितसंगै शीर्षस्थानमा आफ्नो दबाब कायम राख्ने योजनामा हुनेछ। लास पाल्मास तालिकाको १४औं स्थानमा छ र उसको रेलिगेसनको डर हटिसकेको छ। लास पाल्मासका लागि यस खेलमा रियलका पुर्वखेलाडी जेसे र केभिन प्रिन्स बोटेङ प्रतिबन्धबाट फर्कनेछन्। यद्दपी ड्यानी कास्टेलानो र मारको लिभाजा क्रमस: चोट र प्रतिबन्धका कारण उपलब्ध हुने छैनन्।

बार्सिलोनाको लागि पनि एलेक्स भिडल र राफिन्हा चोटका कारण सिजनभरका लागि अनुपस्थित रहने भएका छन्। सर्जी रोबर्टो पछिल्लो खेलमा पहेंलो कार्ड पाएका कारण खेलमा उपस्थित रहने छैनन्। जाभिएर मास्सेरानोले डिफेन्समा स्थान पाउनेछन्।

घरेलु टोली लास पाल्मासले आफ्नो पछिल्ला ३ खेलमा कुनै गोल गर्न सकेको छैन भने बार्सिलोनाले आफ्नो पछिल्ला ९ मध्ये ८ खेलमा कम्तिमा ३ गोल गरेको छ। लिगमा पछिल्ला ३ खेल हारेको लास पाल्मासले बार्सिलोनासंगका पछिल्ला ३ खेलमा पराजित हुन् परेको छ।

यी दुइ बिचको पहिलो लिग खेलमा बार्सिलोना ५-०ले विजयी भएको थियो।

खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.