9 years ago
May 15, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबकै इतिहासमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। रोनाल्डोले सेभिल्लासंग जितमा पहिलो हाफमा गोल गर्दै व्यक्तिगत ४०० गोल पुरा गरेका हुन्।

रोनाल्डोले अगष्ट २९, २००९का दिन डेपोर्टिभो विरुद्ध आफ्नो डेब्यु खेलमा पेनाल्टी मार्फत गोल गर्दै म्याड्रिडको लागि खाता खोलेका थिए। उनले ४०० गोलमध्य २८२ गोल ला लिगामा प्रहार गरेका हुन् भने ८८ गोल च्याम्पियन्स लिगमा गरेका हुन्। उनले कोपा डेल रेमा २२ गोल, क्लब विश्वकपमा ४ गोल, स्पेनिस सुपर कपमा ३ गोल र यूईएफा सुपर कपमा २ गोल गरेका छन्। उनले ३९१ खेल खेल्दै ४०० गोल पुरा गरेका हुन्।
सन् २००९मा म्यानचेस्टर युनाईटेडबाट स्पेनको महारथी रियल म्याड्रिड आएका रोनाल्डोले १ पटक ला लिगा उपाधि जितेका छन् भने २ पटक च्याम्पियन्स लिग उठाइसकेका छन्। यस सिजन रियल च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ भने ला लिगा जित्ने सम्भावना पनि उत्तिकै बलियो रहेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]