9 years ago
May 16, 2017
एजेन्सी – स्पेनिस ला लिगाको अन्तिम लिग चरणसम्म आइपुग्दा पनि उपाधिको टुंगो भने अझै लागेको छैन। बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा रहेको छ तर समान अंक बोकेको रियल म्याड्रिडले बुधबार राती सेल्टा भिगोसंग एक खेल खेल्न बाँकी छ।

तेश्रो स्थानमा पुन: एकपटक डिएगो सिमिओनीको प्रशिक्षकत्वमा रहेको एटलेटिको म्याड्रिड रहेको छ भने चौथो स्थानमा सेभिल्ला रहेको छ। यस सिजन ला लिगाबाट ग्रानाडा, ओसासुना र स्पोर्टिङ गिहोन रेलिगेसन’न पर्दै अर्को सिजन तल्लो श्रेणीमा फुटबल खेल्ने भएका छन्।
विश्वकै चर्चित फुटबल वेबसाइट गोल डट कमले निकालेको ला लिगाको उत्कृष्ट टोलीमा भने उपाधि पछ्याइरहेको रियल म्याड्रिडका स्टार फरवार्ड एवं क्लबका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो परेनन्।
रियल म्याड्रिडका ४, बार्सिलोनाको ३, एटलेटिको म्याड्रिडको २ र सेल्टा भिगो र लास पाल्मासक १/१ गरि कुल ११ खेलाडी सम्मिलित ‘टिम अफ द सिजन’मा विश्वकै सर्वोत्कृष्ट घोषित खेलाडी क्रिस्टियानो रोनाल्डो अटाएनन्।

गोलरक्षकमा यान ओब्लाक रहेको टोलीको डिफेन्समा मार्सेलो, डिएगो गोडीन, जेरार्ड पिके र ड्यानी कार्भाजल रहेका छन्। इस्को र टोनी क्रुस सम्मिलित मिडफिल्डमा लास पाल्मासका जोनाथन भिएरा रहेका छन्। आक्रमणमा बार्सिलोनाका लिओनेल मेस्सी र लुइस सुआरेजसंगै सेल्टा भिगोका इआगो आस्पासले स्थान बनाएका छन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]