default_image

9 years ago

May 20, 2017

अर्जेन्टिनासँगको खेलकालागि ब्राजिलियन टोलीमा नेइमार अटाएनन

146 views

0 Bookmark

ब्राजिल (एजेन्सी) – मेलबर्नमा हुने मैत्रीपुर्ण खेलकालागि छानिएका ब्राजिलियन टोलीमा नेइमार लगायतका अन्य चर्चित अनुहारहरु  समेटिएका छैनन् । खेलाडीलाई विश्राम दिदै ब्राजिलका प्रशिक्षक टिटेले नेइमारलाई अर्जेन्टिना र अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलमा समावेश गरेका छैनन् ।

neymar captain Olympics

त्यस्तै सामान्य घाइते भएका लिभरपुलका रोबर्टो फर्मिनोलाई पनि टिटेले आराम गर्ने मौका दिएका छन् । मार्किनोस , मिरान्डा , मार्सेलो र ड्यानी अल्भेस पनि खेल्ने छैनन् ।

उनिहरुको स्थानमा मोनाकोका सेन्टर ब्याक जेमर्सन र कोरिन्थियान्सका मिडफिल्डर रोड्रीग्युनोले पहिलो पटक ब्राजिलको टोलीमा मौका पाएका छन् । त्यस्तै चेल्सीका डेभिड लुइज र सिटीका ग्याब्रियल जिससले पुनः स्थान पाएका छन् ।

ब्राजिलले अर्जेन्टिनासँग जुन ९ मा र त्यसको ४ दिन पछि अस्ट्रेलियासँग मेलबर्न क्रिकेट मैदानमा सामाना गर्ने छ ।

ब्राजिलको टोली

गोलकिपर : डिएगो अल्भेस (भ्यालेन्सिया), वेभेल्टन (एथलेटिको-पीआर) , एडर्सन(बेन्फिका)

डिफेनडर : डेभिड लुइज (चेल्सी) , गिल (सान्ड़ोंग लुनेन्ग) , जेमर्सन(मोनाको), रोड्रीगो कावो (सा पोलो) , थिएगो सिल्भा (पीएसजी) , एलेक्स सान्ड्रो(युभेन्टस) , फ्याग्नर (कोरिन्थियान्स), फिलिपे लुइस (एथलेटिको म्याड्रिड), राफिना (बायर्न म्युनिख)

मिडफिल्डर : फर्नान्डिनो (म्यानचेस्टर सिटी), गयुलियानो (जेनित) , लुकास लिमा (सान्तोस) , पौलिन्हो (ग्वानजौ एभरग्रेनेड) , कौटिन्हो(लिभरपुल) , रेनाटो अगस्टो (बेइजिङ गुओन) , रोड्रीग्युनो (कोरिन्थियान्स), विलियन (चेल्सी)

स्ट्राइकर : डिएगो सौजा (एथलेटिको-पीआर), डोगलस कोस्टा (बायर्न म्युनिख) , ग्याब्रियल जिसस (म्यानचेस्टर सिटी), टाईसन (शाक्तार डोनेस्क)

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.