9 years ago
May 21, 2017
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस्लिगा उपाधि पक्का गरेसँगै आधुनिक फुटबल इतिहासकै २ सफल खेलाडीहरुले आफ्नो करियरलाई बिट मार्ने घोषणा गरेका थिए। बायर्नका कप्तान एवं जर्मनीसँग विश्वकप जितेका डिफेन्डर फिलिप लाह्म र स्पेनिस टोलीसंग २०१०मा विश्वकपसँगै इङ्गल्याण्ड र स्पेनमा पनि आफ्नो छाप बसाइसकेका मिडफिल्डर जाबी अलोन्सोले संन्यास लिएका हुन्।

शनिबार भएको बुन्डेस्लिगा अन्तर्गत अन्तिम चरणको खेलमा फ्राएबर्गलाई ४-१ले पराजित गर्दै यी दुवै खेलाडीले आफ्नो करियरलाई सुखद बिट मारे। सन् २००२मा डेब्यु गरेका ३३ वर्षीय लाह्मले क्लबका लागि ५१७ खेल खेल्दै आफ्नो नाम बायर्नका दिग्गज खेलाडीहरुको पंक्तिमा राखेका छन्। उनले आफ्नो करियरमा २२ उपाधि जितेका थिए।
यसैगरी ३५ वर्षीय स्पेनिस मिडफिल्डर जाबी अलोन्सोले पनि आफ्नो सफल करियरलाई बायर्नमा खेल्दै बिट मारे। सन् २००५मा लिभरपुलसँग च्याम्पियन्स लिग जितेका अलोन्सोले रियल म्याड्रिडमा रहेर लिग, कप तथा च्याम्पियन्स लिगको उपाधि जितेका थिए। बायर्नमा आएपछि उनले आफुले खेलेको ३ सिजननै लिग उपाधि जितेका छन्। उनले आफ्नो करियरमा कुल १७ उपाधि जिते।
यससँगै बायर्नले आफ्नो गोलरक्षक टम स्टार्कलाई पनि बिदाई गरेको छ। अधिकांश समय दोश्रो गोलरक्षकको भूमिका निभाएका ३६ वर्षीय गोलरक्षकले पनि यसै सिजन संन्यास लिंदै छन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]