9 years ago
May 21, 2017
निख (एजेन्सी) – बुन्डेस्लिगा उपाधि पक्का गरिसकेको बायर्नले सिजनको अन्तिम खेलमा फ्राइबर्गलाई ४-१ ले पराजित गर्दै सिजनको सुखद अन्त्य गरेको छ। यसअघिनै बुन्डेसलिगाको उपाधिमा कब्जा जमाएको बायर्नकालागि कप्तान फिलिप लाम र जाबी अलोन्सोको करियरको अन्तिम व्यावसायिक खेल थियो ।
अन्तिम दिनको महत्वपुर्ण नतिजाहरु
१. डर्टमण्डको च्याम्पियन्स लिगमा स्थान
२. रेलिगेसनको लडाईमा ह्यामबर्ग बिजयी

खेलको सुरुवातमै घरेलु टोलीले अग्रता लिएको थियो। चौथो मिनेटमा जाबी अलोन्सोको पासमा आर्जेन रबेनको गोलबाट अग्रता लिएपनि म्युनिखले दोस्रो गोल भने ७३औं मिनेटमा पायो । आर्टुरो भिडालले गोल गर्दै म्युनिखको अग्रता दोब्बर गरेपनि त्यसको ३ मिनेट पछि निल्स पिटर्सनले फ्राइबर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए । बायर्नका लागि फ्रान्क रिबेरी र जोशुआ किम्मिच इन्जुरी समयमा गोल गर्दै म्युनिखलाई सहज जिततर्फ डोर्याएका थिए ।
बायर्नले ८२ खेलसँगै अंक तालिकाको शीर्षस्थानमा अन्त्य गर्यो भने फ्राइबर्ग सातौ स्थानमा झर्यो । बायर्नले यस सिजन घरेलु मैदानमा अपराजित रहँदै उपाधि जितेको हो। त्यस्तै डर्टमण्डले वेर्डर ब्रेमेनसँगको रोमान्चक ४-३ को जितसँगै तेस्रो स्थानमा सिजन अन्त्य गर्दै च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गर्यो ।
त्यस्तै रेलिगेसनको लडाईंमा ह्यामबर्गले वल्फ्सबर्गलाई हराऊँदै बुन्डेसलिगामा कायम रह्यो भने वुल्फ्सबर्ग २-१ को हार पछि तल्लो डिभिजनमा घटुवा भयो । ह्यामबर्ग बुन्डेस्लिगा इतिहासमै अहिलेसम्म घटुवा नभएको टोली पनि हो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]