9 years ago
May 21, 2017
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ८ अंकले पछि पार्दै ए.एस. मोनाकोले फ्रेन्च लिगको उपाधि जितेको छ। गतसाता मार्सेलाई २-०ले पराजित गरेसँगै मोनाकोको जित पक्का भएपछि उसलाई उपाधि प्रदान गरिएको थियो।

अन्तिम चरणको खेलमा मोनाकोले स्टाद रेन्नेसलाई ३-२ले पराजित गर्दै लिग सिजनलाई सुखद अन्त्य गरेको छ। मोनाकोका लागि फबिन्हो, जेमर्सन र योर्गेले गोल गरेका थिए।
यसैगरी पीएसजीले भने आफ्नो लिगको अन्तिम खेलमा केनसंग १-१को बराबरी खेल्यो। एड्रीएन राबिओले पेरिसका लागि खेलको एकमात्र गोल गरेका थिए।
मोनाकोले ३८ खेलमा ३० जित, ५ बराबरी र ३ हारसँगै कुल ९५ अंक जोड्दै सिजन अन्त्य गर्यो भने पेरिसले २७ जित, ६ बराबरी र ५ हारको सामना गर्यो। उसले कुल ८७ अंकमात्र जोड्न सक्यो। तेश्रो स्थानमा रहेको निसले ७८ अंक जोड्यो भने चौथोमा रहेको लियोंको ६७ अंक रहेको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]