9 years ago
May 21, 2017
लण्डन (एजन्सी) – इङ्गलिस प्रिमियर लिगको जारी सिजनको अन्तिम लिग खेलमा सन्डरल्याण्डलाई ५-१ले पराजित गर्दै लिग उपाधि उचालेको छ।

लिगको अन्तिम खेलमा कप्तान जोन टेरीलाई सुरुवाती ११मा उतार्दै बिदाई दिएको थियो। उनको स्थानमा २६औं मिनेटमा ग्यारी केहिल मैदानमा प्रवेश गरेका थिए। १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै चेल्सीले ५-१ गोलअन्तरले खेल जितेको हो।
चेल्सीका लागि हजार्ड, पेड्रो र विलियनले १/१ गोल गरेका थिए भने वैकल्पिक खेलाडी मिसी बासुआईले २ गोल गरे।
चेल्सीको यो पाँचौ प्रिमियर लिग उपाधि हो। प्रशिक्षक एन्टोनियो कन्टेले प्रिमियर लिगमा आएको पहिलो सिजनमै उपाधि जितेर जोेसे मोउरिन्होको किर्तीमानलाई पनि बराबरी गरेका छन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]