9 years ago
May 22, 2017
स्पेन (एजेन्सी) – मालागालाई उसकै घरेलु मैदानमा २-०ले पराजित गरेसँगै स्पेनिस ला लिगा अन्तर्गत अन्तिम चरणको खेलपश्चात रियलले क्लब इतिहासको ३३औं लिग उपाधि हात पारेको छ।

सन् २०११/१२मा पछिल्लो लिग उपाधि जितेको रियलले त्यसता विभिन्न उपाधिहरु हात पारेपनि लिग भने जित्न सकेको थिएन। यसबीचमा रियलका प्रतिद्वन्द्वी बार्सिलोना र एटलेटिको म्याड्रिड दुवैले लिग उपाधि जितेका थिए।
प्रशिक्षक जिनेदिन जिदानले यस सिजनको ३८खेलमध्ये टोलीलाई २९ खेलमा जित दिलाए भने ३ खेलमा हार व्येहोरे। ६ बराबरी खेलेको रियलले बार्सिलोनालाई ३ अंकले पछि पार्दै लिग उपाधि उचालेको हो। रियलको ९३ अंक छ भने दोश्रो स्थानमा रहेको बार्सिलोनाको ९० अंक रहेको छ। यस सिजन एल क्लासिकोमा रियलले घरेलु मैदानमा ३-२को पराजय भोगेको थियो भने क्याम्प नोउमा भएको खेल १-१को बराबरीमा सकिएको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]