9 years ago
May 24, 2017
एजेन्सी – अर्को वर्षको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित बनाउन युरोपा लिगको फाइनल खेलमा आज म्यानचेस्टर युनाइटेड र आयाक्स भिड्दैछन्। प्रिमियर लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर क्लबले आफ्नो क्लब इतिहासमा कहिल्यै नजितेको युरोपा लिग पहिलोपटक जित्ने दाउमा छ।

सन् १९९६ पछि पहिलोपटक युरोपियन फाइनल खेल्न लागेको आयाक्सका प्रशिक्षकले आफ्नो युवा टोली युनाइटेडलाई पराजित गर्न सक्षम रहेको बताएका छन्। उनले आफ्नो टोलीको प्रदर्शन राम्रो रहेको र त्यसैअनुरुप फाइनल खेल्न सके म्यानचेस्टर युनाइटेड निराश हुने पक्का रहेको बताए।
म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर एरिक बेली सेमिफाइनलमा पाएको रातो कार्डका कारण मैदानमा देखिने छैनन्। चोटका कारण विश्राममा रहेका स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिचसँगै डिफेन्डर लुक स र मार्कोस रोहो पनि उपलब्ध हुने छैनन्।
खेल नेपाली समयानुसार मध्येरातको १२:३० बजे सुरु हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]