default_image

9 years ago

May 24, 2017

युरोपा लिग फाइनलमा युनाइटेड लेजेण्डको समर्थन आयाक्सलाई

154 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको फाइनल खेलमा इङ्गलिस टोली म्यानचेस्टर युनाइटेड र डच टोली आयाक्स एम्स्टरड्याम फाइनलमा भिड्दैछन्। यसैक्रममा म्यानचेस्टर युनाइटेडका दिग्गज गोलकिपर एडविन भ्यान डर सारले भने आफुले फाइनल खेलमा आयाक्सको समर्थन गर्ने बताएका छन्।

म्यानचेस्टर क्लबका लागि तिन च्याम्पियन्स लिग फाइनल खेलेका भ्यान डर सारले क्लबलाई सन् २००८मा उपाधि दिलाएका थिए। उनकै पेनाल्टी बचाऊसँगै युनाइटेडले त्यस समय उपाधि जितेको थियो। उनले  सन् २००९ र २०११को फाइनलमा भने बार्सिलोनासँग पराजय भोगेका थिए। उनले ६ वर्ष युनाइटेडमा बिताउँदा घरेलु लिग र लिग कपको उपाधि पनि जितेका थिए।

आफ्नो करियरको सुरुवात आयाक्सबाट गरेका उनले डच क्लबबाट पनि च्याम्पियन्स लिग र लिग उपाधि जितेका थिए। खेलाडीका रुपमा ९ वर्ष नेदरल्याण्डमा रहेर उनले ४ लिग उपाधि जितेका थिए।

हाल उनि क्लबका प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओ) पनि रहेका छन्। उनले दुवै क्लब आफ्नो नजिको क्लब रहेपनि आफ्नो समर्थन भने आयाक्सलाई नै जाने बताएका हुन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.