9 years ago
May 25, 2017
स्टकहम (एजेन्सी) – युरोपा लिगको फाइनल खेल अन्तर्गत बुधबरी रातीको खेलमा आयाक्स एम्सटरड्यामलाई २-०ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि हात पारेको छ।

खेलको १८औं मिनेटमा पल पोग्बाको गोलले म्यानचेस्टर खेलमा अगाडी बढेको थियो। मराउन फेलाइनिको पासमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै अग्रता दोब्बर पार्यो। क्रिस स्मलिङको पासमा हेनरिक मिखीतार्यानले गोल गर्दै युनाइटेडलाई २ गोलले अगाडी बढाएका थिए।
यस जितसँगै युनाइटेडले आफ्नो इतिहासमा जित्न बाँकी रहेको एकमात्र उपाधि पनि हात पारेको छ। यस उपाधिसँगै घरेलु लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको लागि पनि छनोट भएको छ। आफुले खेलेका १४ मध्य १२ फाइनल खेल जितेका प्रशिक्षक जोसे मोउरिन्होले युनाइटेड उपाधिको हकदार रहेको अभिव्यक्ति दिए। उनले आफुले खेलेका चारैओटा युरोपियन फाइनलमा उपाधि जितेका छन्। मोउरिन्होले आयाक्सविरुद्ध खेलेका ७ खेलमध्य सबैमा जित हात पारेका छन्।

फाइनल खेलमा पल पोग्बाको प्रदर्शन उत्कृष्ट रहेको थियो। उनले म्यानचेस्टर युनाइटेडका लागि १९ खेलको गोल खंडेरी पछि लगातर २ खेलमा गोल गरे। यसैगरी युनाइटेडले यस सिजन आफुले पहिलो गोल गरेको खेलमा अपराजित रहेको रेकर्डलाई पनि कायमै राख्यो।
यस नतिजासँगै म्यानचेस्टर युनाइटेडको सिजन सफलतापुर्वक अन्त्य भएको छ। लिगमा खराब प्रदर्शन गर्दै छैटौं स्थानमा चित्त बुझाउन बाध्य युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गर्यो। यससँगै युनाइटेडले अब खेलाडी किनबेचमा ठुलो रकम खर्चिन पाउने भएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]