9 years ago
May 26, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका सर्वाधिक गोल गर्ने खेलाडी वायन रुनीले क्लब छोड्ने संकेत गरेका छन् । उनले खेल जीवनको अर्को कदमका लागि आफुसँग थुप्रै विकल्प रहेको उल्लेख गर्दै क्लब छोड्न सक्ने जनाएका छन् ।

युनाइटेडका कप्तान समेत रहेका उनले भविष्यका लागि आफुसँग धेरै प्रस्ताव आएको दाबी गरेका छन् । जोजे माउरिन्हो युनाइटेडको प्रशिक्षकका रुपमा युनाइटेडमा आबद्ध भएयता रुनीले कमै मात्र खेल्ने अवसर पाएका छन् । जसका कारण पनि उनी क्लब छोडेर जाने अड्कलबाजी केही समयअघि चल्दै आएको छ ।
यद्दपी बुधबार मात्र माउरिन्होले ३१ बर्षे रुनी क्लबमै रहने विश्वास व्यक्त गरेका छन् । तर, उनको नेतृत्वमा रुनी यो सिजन प्रिमियर लिगमा १५ खेलमा मात्र पहिलो रोजाइमा पर्न सके । बढी भन्दा बढी मैदानमा बिताउने रुनीको चाहना रहेकाले पनि उनले ओल्ड ट्राफर्ड छोड्ने अड्कल गरिदै आएको छ ।
‘इङल्यान्ड र बाहिरबाट पनि थ्रुपै प्रस्ताव आइरहेका छन् ’ रुनीले भने, ‘त्यसले मैले त्यसमा निर्णय त गर्नुनै पर्दछ । आउने केही सातामा मैले निर्णय लिनुपर्नेछ । त्यसका लागि म परिवारसँग सल्लाह गर्ने छु र अनि निर्णय गर्नेछु । फुटबललाई मध्यनजर गर्दै म निर्णय लिनेछु ।’ उनले थपे,‘यो बर्ष म न रिसाए र न निशास भए । टोलीका लागि जे आवश्यक छ त्यो मैले बुझेको छु । प्रशिक्षकले मलाई जहाँ मौका दिए मैले त्यसमा राम्रो गर्ने प्रयास गरे । निश्चय नै म खेल्न चाहन्छु , जति सम्भव हुन्छ मैदानमा बिताउन चाहन्छु ।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]