default_image

7 years ago

May 26, 2017

रोनाल्डोलाई कर छलेको आरोप, ५ बर्ष जेल सजायको माग

स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् । रोनाल्डोले तीन बर्षको अवधिमा […]

34 views

0 Bookmark

स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ ।

ronaldo

स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् ।

रोनाल्डोले तीन बर्षको अवधिमा करिब ६ मिलियन युरो कर बुझाएका थिए । तर कर एजेन्सीका अनुसार उनले थप १५ मिलियन युरो बराबर कर छलेका छन् । कर एजेन्सीले रोनाल्डोविरुद्ध कर छलीको मुद्दा हाल्दै कम्तिमा ५ बर्ष जेल सजायको माग गरेको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.