default_image

9 years ago

May 27, 2017

मोराटा रियल छाडेर मिलान जान सक्ने

142 views

0 Bookmark

स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन इटालीको सिरी ‘ए’ मा खेल्न सक्ने सम्भावना छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो।Morata

यो सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि मिलानले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन युरोमा पुगेका मोराटा इटालीमा सफल २ सिजन पछि ३० मिलियनमा पुनः रियल फर्किएका थिए । स्पेनी समाचार श्रोत मार्साका अनुसार मोराटा मिलानसँग सम्झौतामा पुग्न इटालीको मिलान शहर पुगेका छन् ।

मोराटालाई म्यानचेस्टर युनाइटेडले पनि भित्राउने प्रयास गर्दै छ । डेभिड डे हेयालाई युनाइटेडबाट रियलले किन्दा युनाइटेडले मोराटालाई माग गर्ने योजना बनाउदै छ।

यस सिजन मोराटाले रियलसंगै लिग उपाधि र च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेपनि व्यक्तिगत रुपमा मैदानमा खेल्ने समय नपाउँदा उनि दुखित छन्। इटालीमा युभेन्टसबातट खेल्दा उनले प्रभावशाली प्रदर्शन गरेकाले पनि इटालीका क्लबले उनलाई भित्र्याउन चाहेका हुन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.